• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
श्रीलंकामा नेपाली क्रिकेट टोलीको प्रतिद्वन्द्वी कस्तो ?
खेलपाटी संवाददाता
मंगलबार, भदौ ५, २०७५ खेलपाटी संवाददाता
श्रीलंकामा नेपाली क्रिकेट टोलीको प्रतिद्वन्द्वी कस्तो ?

काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप छनोट  खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली एक साता प्रशिक्षणको लागि श्रीलंका पुगेको छ ।

श्रीलंकामा विशेष प्रशिक्षण गर्न नेपाली टोली सोमबार नै कोलम्बो पुगिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसिबाट यसै बर्षबाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको नेपाली टोली एसिया कपमा पुग्ने लक्ष्यसहित विशेष प्रशिक्षणको लागि श्रीलंका गएको हो ।

श्रीलंकामा प्रशिक्षणको दौरान नेपालले तीन अभ्यास खेल खेल्नेछ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।

प्राय ठुला प्रतियोगिता अघि भारतमा अभ्यास गर्दै आइरहेको नेपालले एसिया कपको लागि भने श्रीलंका रोजेको हो । र, प्रशिक्षणको दौरानले  नेपाली टोलीले श्रीलंकाको शीर्ष डिभिजनको लिग खेलिरहेका क्लबसंग अभ्यास खेल खेल्ने छन् ।

भारतमा प्रदेशको स्थानीय क्लबसंग अभ्यास खेल खेल्दै आएको नेपालले श्रीलंकामा भने शीर्ष क्लबहरुसंग अभ्यास खेल खेल्ने मौका पाएको हो । श्रीलंकामा नेपालले श्रीलंका आर्मी स्पोर्ट्स क्लब, ब्लुमफिल्ड क्रिकेट क्लब र कोल्ट्स क्रिकेट क्लबसंग अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपालले खेल्ने सबै क्लब श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लबहरु हुन् ।

नेपालले खेल्ने तीन वटै क्लबले श्रीलंकाको फस्ट क्लास प्रतियोगिता प्रिमियर ट्रफी खेल्ने गर्छन् । तीनै क्लबमा श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलिरहेका,पुर्व खेलाडी, उमेर समूहका खेलाडीहरुको बाहुल्यता रहेको छ । यस्तोमा नेपालले श्रीलंकाका अनुभवी खेलाडीहरुसंग अभ्यास खेल खेल्ने मौका पाउनेछन् ।

 

श्रीलंका आर्मी क्लब –

नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबसंग खेल्ने छ । नेपाल र श्रीलंका आर्मीबीचको अभ्यास खेल बुधबार हुनेछ । उक्त खेल श्रीलंका आर्मीको घरेलु मैदान पानागोडामा खेल्नेछ ।

श्रीलंका आर्मी क्लब श्रीलंकाको फस्ट क्लास क्लब हो । आर्मीले सन् २००६ को सिजनबाट फस्ट क्लास लिग प्रिमियर ट्रफी खेल्दै आएको छ । तर, श्रीलंका आर्मीले अहिलेसम्म प्रिमियर ट्रफी जित्न सकेको छैन ।

यस टिममा श्रीलंकाबाट टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । यस टिमको कप्तान श्रीलंकाबाट थुप्रै टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका अलराउन्डर सिकुगे प्रसन्ना रहेका छन् ।

त्यस्तै यस टिममा अर्का श्रीलंकन अलराउन्डर असेला गुणारत्ने समेत रहेका छन् । गुणारत्नेले यो सिजन मुम्बई इण्डियन्सबाट आईपीएल क्रिकेट खेलेका थिए ।

यस टिममा श्रीलंकाका लेग स्पिनर अजन्था मेन्डिस पनि रहेका छन् । मेन्डिस श्रीलंकाबाट टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् । मेन्डिसभन्दा अघि लासिथ मालिङ्गा रहेका छन् । त्यसबाहेक यो टोलीमा श्रीलंकाको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरु समेत रहेका छन् ।

 

ब्लुमफिल्ड क्रिकेट क्लब –

नेपालले ब्लुमफिल्ड क्रिकेट क्लबसंग अगष्ट २४ (शुक्रबार) उसैको मैदानमा अभ्यास खेल खेल्नेछ । कोलम्बोमा रहेको ब्लुमफिल्ड क्लब श्रीलंकाको पुरानो क्रिकेट क्लब हो ।

सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ । श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो ।

यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।

यस क्लबलाई श्रीलंकामा रहेका क्रिकेट क्लबमध्ये एक चर्चित र ठुला क्लब हो ।

 

कोल्ट्स क्रिकेट क्लब –

नेपालले अन्तिम अभ्यास खेलमा श्रीलंकाको पुरानो क्लब मध्येको एक कोल्ट्स क्रिकेट क्लबसंग खेल्नेछ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा अगष्ट २६ मा अभ्यास खेल खेल्नेछ ।

यस क्लब श्रीलंकाको उत्कृष्ट क्लबमध्ये एक क्लब हो ।  यो क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ ।

हाल क्लबको कप्तानी श्रीलंकाका टेष्ट क्रिकेटर दिलरुवान परेराले गरिरहेका छन् । श्रीलंकाका अलराउन्डर परेरासंगै अकिला धनन्जय, कुशल परेरा जस्ता चर्चित श्रीलंकन क्रिकेटर यस क्लबबाट खेल्ने गर्छन् । यि तीनै खेलाडी अहिलेको श्रीलंका टिमका मुख्य खेलाडी हुन् ।

यस्तै यो क्लबमा श्रीलंकाबाट यू-१९ क्रिकेट खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । श्रीलंकाका लिजेण्ड क्रिकेटर चामिन्दा भासले यसै क्लबबाट घरेलु लिग खेल्ने गर्थे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP