काठमाडौं। नेपालले आइसिसी महिला विश्वकप एसिया छनोटमा शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा हुने खेलमा बिहान ८:१५ बजेबाट सुरु हुनेछ। यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन्। ती मध्ये दुई खेल हङकङ र दुई खेलमा नेपाल विजयी भएको छ। एक खेल भने रद्द भएको छ।
यो वर्ष नेपाल र हङकङ तीन खेलमा आमुन्नेसामुन्ने भएका थिए। युगान्डामा भएको चारदेशिय सिरिजको पहिलो खेलमा हङकङले नेपाललाई दुई रनले पराजित गरेको थियो।
अर्को खेलमा भने नेपालले ६ विकेटको जित निकालेको थियो। अर्को खेल भने एक बल पनि नभइ रद्द भएको थियो। त्यसअघिका दुई खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको थियो। अर्को खेलमा भने नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो।