फिफा विश्वकप :पहिलो हाफमा मोरक्को र इरानको बराबरी
By खेलपाटी संवाददाताशुक्रबार, असार १, २०७५
रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो खेल सुरु भएको छ । एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशालामा इजिप्ट र उरुग्वे मैदानमा उत्रेका छन् ।
इजिप्ट र उरुग्वेबीचको भिडन्तलाई दुई स्टारको भिडन्तको रुपमा समेत लिइएको छ । मोहमद सलाह र लुइस स्वारेजबीचको भिडन्त ।
स्पेन र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । त्यसपछि सबैको नजर युरोपेली फुटबलका दुई पावर हाउस राष्ट्रको खेलमा हुनेछ । अनि त्यसको नतिजामा हुनेछ ।
विश्वकपमा शुक्रबार दुई ठुला राष्ट्रको भिडन्त भएपनि मोरक्को र इरानबीचको खेललाई निकै महत्व दिइएको छ । मोरक्को र इरानबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।