बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पोर्चुगल भर्सेस स्पेन : प्लेयर्स टु वाच

शुक्रबार, असार १, २०७५खेलपाटी संवाददाता
पोर्चुगल भर्सेस स्पेन : प्लेयर्स टु वाच
Classic Tech Internet Ad

एजेन्सी । रुस विश्वकप फुटबलको पहिलो 'हाईप्रोफाइल' खेल आज (शुक्रबार) राति हुँदैछ । जसमा भिड्दैछन्, 'पोर्चुगल र स्पेन'  

युरोपियन फुटबलमा दुई ठुला राष्ट्रमा पोर्चुगल र स्पेन पर्छन् । दुवै राष्ट्रमा विश्व फुटबलका स्टार खेलाडीको बाहुल्यता छ । त्यसैले, यो खेलको लागि लाखौं समर्थकहरु प्रतिक्षामा बसेका छन् ।

फिस्ट ओलम्पिक स्टेडियममा पोर्चुगल र स्पेन नेपाली समय अनुसार पौने १२ बजे मैदान उत्रदै छन् । दुवै टोलीको लक्ष्य पहिलो खेलमा सुखद नतिजा आत्मसाथ गर्नु हुनेछ । र, सबैको नजर खेलको नतिजामा हुनेछ ।

समूह चरणकै निकै बहुप्रतिक्षित मानिएको पोर्चुगल र स्पेनबीचको खेलमा धेरै स्टार खेलाडीहरु मैदान उत्रदै छन् ।  पोर्चुगलको तुलनामा स्पेनिस टोलीमा स्टार खेलाडीको बाहुल्यता रहने छ ।  

इन्ग्लिश प्रिमियर लिगकै उत्कृष्ट गोलरक्षक मानिने डेभिड डी गिया, डिफेन्डर सर्जियो रामोस, मिडफिल्डर डेभिड सिल्भा, आन्द्रेस इनिस्टा, फरवार्ड डियगो कोस्टा र  इस्को जस्ता चर्चित अनुहार स्पेनिस टोलीमा रहेका छन् । 

पोर्चुगल भने क्रिस्टियानो रोनाल्डोको भरमा हुनेछ । तर, पोर्चुगिज टोलीलाई बर्नार्डो सिल्भा, रिकार्डो करिस्मा जस्ता फरवार्ड र पेपे जस्ता भेट्रान डिफेन्डरको साथ रहनेछ ।

दुवै राष्ट्रमा अब्बल मानिएका खेलाडी रहेपनि मैदानमा मुख्य त दुई खेलाडीको प्रभाव देखिने छ । पोर्चुगलका रोनाल्डो र स्पेनका इस्को । यी दुई खेलाडीले मैदान र खेलको नतिजामा धेरै फरक पार्न सक्नेछन् । रोनाल्डो र इस्को दुवै स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर हुन् । यो खेलका लागि प्लेयर्स टु वाचमा रोनाल्डो र इस्को रहने छन् ।

 

सम्भावित प्लेईङ ११ (पोर्चुगल) : रुइ प्याट्रिसियो, राफेल गुएरिरो, जस फोन्टे, पेपे,सेडरिक सोयरेस, जाओ मारियो, जाओ माउटिन्हो, विलियम कार्भालो, बर्नार्डो सिल्भा, गोन्जालो गुडेस, क्रिष्टियानो रोनाल्डो

सम्भावित प्लेईङ ११ (स्पेन) : डेभिड डी गिया, जोर्डि अल्बा, सर्जियो रामोस, जेरार्ड पिके, नाचो मोनरियल, आन्द्रेस इनिस्टा, थियागो एजिप्लिक्युटा, सर्जिओ बुस्केट्स, डेभिड सिल्भा, इस्को, डियगो कोस्टा

 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यो पुस्ताकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । त्यसैले यो विश्वकपमा धेरैको नजर रोनाल्डोमा ठोक्किएको छ । निकै चतुर स्ट्राइकर रोनाल्डोलाई रोक्न जो कोहि डिफेन्सले सक्दैन ।

उमेर र खेलमा निकै परिपक्क रोनाल्डोबाटै पोर्चुगलले बढी आशा गरेको छ । दुईबर्ष अघि पोर्चुगललाई युरोकप दिलाउन महत्वपूर्ण योगदान गरेका रोनाल्डोले विश्वकपमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । आफ्नो पुस्ताको उत्कृष्ट खेलाडी भएपनि रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउन सकेका छैनन् ।

यो पटक रोनाल्डोसँग आशा गरिएको छ । ३३ बर्षीय स्टार रोनाल्डोको सम्भवत यो अन्तिम विश्वकप पनि हो । सन् २०२२ को कतार विश्वकपमा रोनाल्डोलाई उमेरले साथ नदिन सक्छ । विश्वकपमा आफ्नो छाप छोड्न उनलाई यो अन्तिम मौका समेत हो ।

रोनाल्डो पोर्चुगलको लागि सर्वाधिक गोल गर्ने खेलाडीमा पर्छन् । विश्वकपको छनोटमा रोनाल्डोले ९ खेलमा १५ गोल गरेका थिए ।

 

इस्को (स्पेन)

रुस विश्वकपमा स्पेनले आश राखेको खेलाडीमा पर्छन इस्को । होचा कदका तर निकै फुर्तिला इस्कोको  खेलमा धेरै मोहित हुने गर्छन । मिडफिल्ड र फरवार्डमा जम्न सक्ने इस्कोले पोर्चुगलविरुद्ध जादु देखाउन सक्ने अनुमान गरिएको छ ।

स्पेनिस महारथी रियल मड्रिडमा रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जिमा जस्ता खेलाडीको छायाँमा आफुलाई प्रमाणित गर्दै इस्को स्पेनिस टोलीमा अटाएका हुन् । इस्को गोल गर्न मात्र हैन, पास उपलब्ध गराउन पनि माहिर मानिन्छन् ।

२६ बर्षीय अट्याकिङ मिडफिल्डर इस्कोले विश्वकप छनोटमा स्पेनिस टोलीबाट ८ खेल खेल्दै ५ गोल गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

Bajaj Pulsar Motorcycle Ad
वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी