• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
५८ करोडको आरोप प्रमाणित गर : गणेश थापा (अन्तरवार्ता)
खेलपाटी संवाददाता
मंगलबार, पुस २४, २०७५ खेलपाटी संवाददाता
५८ करोडको आरोप प्रमाणित गर : गणेश थापा (अन्तरवार्ता)

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व अध्यक्ष गणेश थापाले ५८ बर्षको उमेर पार गरे । तर, खेलकुदमा उनी ५८ करोडले बदनाम छन् ।

करिब दुई दशक एन्फाको नेतृत्व गरेका थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि फुटबलको नेतृत्वबाट उनी बाहिरिन पुगे । करिब दुई दशक नेपाली फुटबलको नेतृत्वमा रहदाँ उनले जति नाम कमाए, उत्तिकै बदनाम समेत बने । 

तत्कालिन एन्फाभित्रको बिद्रोही समूहले थापाले पदको दुरुपयोग गर्दै एन्फाभित्र ब्यापक अर्थिक अनियमितता र भ्रष्टाचारको आरोप लगाएका थियो । वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको समूहले थापा फुटबल संघमा रहदाँ विभिन्न परियोजनामा करिब ५८ करोड रकम हिनामिना गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती शुद्दिकरण विभाग र संसदीय समितिमा उजुरी दिएका थियो ।

तत्कालिन बिद्रोही पक्ष अहिले एन्फाको नेतृत्वमा छ । करिब दुई दशक एन्फाको नेतृत्व गरेका थापा प्रतिपक्षी जस्तो बनेका छन् । ५८ करोड भ्रष्ट्राचारको नाममा आफुलाई वर्तमान नेतृत्वले बदनाम गराएको भन्दै विभिन्न सार्वजनीक फोरममा उनी बोल्दै आएका छन् । उनै थापासंग ५८ करोड भ्रष्टाचारको बिषयमा केन्द्रित रहेर खेलपाटीकर्मी रमेश सुवेदी, दिपेश तिमलसिना र हिमबिक्रम केसीले कुराकानी गरेका छौ । 

करिब चार दशक फुटबलमा सक्रिय रहनुभयो । अहिले बाहिर रहदाँ फुटबललाई कत्तिको ‘मिस’ गर्नुहुन्छ ?

अत्यन्त गाह्रो र पीडादायीक कुरा हो । सोच्दै नसोचेको घटना भयो । खेलाडी हुँदा लाग्थ्यो, कसरी म रिटायर्ड हुन सक्छु ? कम्तिमा ४०-४१ बर्षसम्म फुटबल खेल्छु भन्ने लाग्थ्यो । राष्ट्रिय टिमबाट नभएपनि क्लबबाट खेल्छु भन्ने लाग्थ्यो । म जीवनमा एउटा परिकल्पना गरेर हिडेको मान्छे हो ।

३२–३३ वर्षको उमेरमा सायद खेल जीवनको उच्च फर्ममा थिए । त्यो समय ठुलो षड्यन्त्र गरेर मलाई राष्ट्रिय फुटबल टिमबाट निकालियो । पछाडी ईष्ट बंगाल खेल्न गए । दिल्ली गएर ईष्ट बंगालविरुद्ध ह्याट्रिक गरे । टाइम्स अफ इन्डियाले गणेश थापा जस्तो मान्छे राष्ट्रिय टिममा नपर्नु दुर्भाग्य हो भनेर समाचारनै लेख्यो । पछाडी खेल्ने क्रममा घाइते भए । एक वर्ष कुरे । मेरो खुट्टा ठिक भएन । फुटबल छोड्दा जुन पीडा थियो, फुटबल संघमा आएर बिर्सिए । विस्तारै खेलाडी भन्ने नै बिर्सिए, व्यवस्थापक बनेर लागियो ।

मुख्य कुरा, फुटबलबाट यस्तो अवस्था आउला भनेर परिकल्पना गरेको थिएन । मलाई फुटबलबाट विस्थापित गर्न धेरै पटक प्रयास भए । अनेक आरोप प्रत्यारोप लगाउने, छानविन गर्ने काम भए । नेपालमा पाँचवटा आयोग बनाएर कारबाही गरिएको म पहिलो व्यक्ति होला । फुटबलको नयाँ विधान बनेको थियो । यदी सबै ठिक ठाक चलेको भए, मेरो अन्तिम कार्यकाल चलिरहेको हुने थियो । अकस्मात १० वर्षको प्रतिबन्ध लाग्दा पीडा भएको छ । एउटा कुरा, फुटबलबाट टाढा छु, तर मनबाट टाढा छैन ।

फुटबलबाट आफ्नो बर्हिगमन कस्तो हुन्छ भनेर सोच्नु भएको थियो ?

मैले त्यस्तो किसिमको क्रियाकलापनै गरेको थिईन । जिन्दगीमा सोच्दै नसोचेको घटना भयो ।

 पछिल्लो पुस्ताले तपाईलाई एन्फा अध्यक्षकै हैसियतमा बढी चिन्छन् । एउटा राम्रो खेलाडीको पहिचान गुमाए भन्ने लाग्दैन ?

लाग्दैन । खेलाडीबाट सन्यास लिएपछि व्यवस्थापनमै जान्छु भन्ने थियो । फुटबलमै सक्रिय रहने र फुटबलमै केही गर्न सकिन्छ भन्ने कुरामा स्पष्ट थिए । मानिस शतप्रतिशत सहि हुदैन । म बाट समेत कमी कमजोरी भए होलान् । जे जति काम भए, पछुतो हुने काम भएनन् ।

जस्तै, नेपालमा फुटबल संघ रंगशालाको एउटा कोठामा थियो । १० बर्षबाट लिग भएको थिएन । एक रुपैयाँ खातामा थिएन । टेलिफोन, फ्याक्स काटिएको अवस्था थियो । खेलाडीको व्यवसायीकता भन्ने थिएन । त्यो अवस्थाको फुटबललाई नयाँ उचाई दिने काम गर्न सके ।

प्रयोजकलाई फुटबलमा ल्याउने महत्वपुर्ण काम भयो । जिल्ला संघको योजना, फुटबलको संरचना, साधारण सभा हुँदै संघलाई विधि र प्रकृयामा लैजाने काम भए । फुटबलको संरचना, खेलाडीलाई पुरस्कार, कार पाउने, अपार्टमेन्ट पाउने, तलब पाउने, पुर्वाधार बनाउने, एन्फा एकेडेमी सञ्चालन गर्ने लगायतका धेरै काम फुटबलमा गरियो भन्ने लाग्छ । अहिले आएर फुटबलमा जग बसाल्ने काम गरे भन्ने लाग्छ ।

एन्फामा तपाईको अन्तिम समयको कार्यकाल बढी विवादीत देखियो । आर्थिक अनियमितितासंगै एन्फालाई परिवार जसरी चलाउनुभयो भन्ने आरोप नि खेप्नुभयो । कुनै टिप्पणी छ ?

परिवार जसरी भनेको के हो मलाई थाहा छैन । त्यो समय मसंग भएका साथीहरु अहिलेको एन्फामा हुनुहुन्छ । मेरो आर्शिवादले १०÷१२ बर्षसम्म उपाध्यक्ष पड्काईरहनु भएको हो । मेरो पछाडी छोरोलाई ल्याउने कुनै योजना थिएन । मैले परिवारवाद जसरी चलाउने भए, ललितकृण्ण श्रेष्ठलाई किन कार्यबहाक बनाएर छाड्थे होला त ? पछाडी नरेन्द्र श्रेष्ठलाई किन बनाईरहन्थे होला त ? मेरो छोरालाई बनाईहाल्थे नि ।

तर, तपाई माथि लागेको ५८ करोडको भ्रष्टचारको आरोप त सही हो नि ?

सबै हावादारी कुरा हुन् ।

जसरी साथीहरुले आरोप लगाउनु भएको छ । सजिलै यो विषयको अन्त्य हुन्छ जस्तो मलाई लाग्दैन । यसको छिनाफानो हुन्छ । जुन आरोप कर्माछिरिङ शेर्पा सहितको टिमलले लगाउनुभएको छ ।  त्यो बिषयमा म विस्तृतमा जान चाहन्न । यस विषयमा म चाँडै पत्रकार सम्मेलन गर्नेछु । एउटा मान्छेलाई चरित्र हत्या गर्नहुन्न भत्रे किसिमको आन्दोलन जस्तै चलाउन चाहन्छु ।

त्यसो भए, तपाईको कार्यकालमा एन्फाभित्र भ्रष्टाचार भएन भन्ने तपाईको दाबी हो ?

दुई सय प्रतिशत म आत्मविश्वासी छु । त्यसैले बारम्बार यो कुरा उठाईरहेको छु । सम्वन्धित निकायबाट सफाइ पाएपछि कोही मान्छेले भ्रष्टचारको आरोपको कुरा दोहोर्याएर हिडेको देखेको छैन । केही साथी मिलेर मेरो चरित्र हत्या गर्नुभयो । सफाई पाएपछि मैले बारम्बार कुरा उठाईरहेको छु ।

तपाईले कुनै समय पत्रकार सम्मेलनमै टिकट बिक्रीबाट उठेको ८ करोड रुपैयाँ रंगशाला बनाउन लुकाएर राखेको छु भनेर सार्वजनीक रुपमा बोल्नुभएको थियो । त्यो पैसा कहाँ छ ?

खेलाडीको फिक्स डिपोजिटमा राखेको पैसा त्यही हो । सरकारको सहयोगमा च्यासलमा रंगशाला बनाउने बिषयमा सहमती जुट्यो । ८ करोड खेलाडीको खातामा राखियो । एन्फाको पैसा लुकाएर पनि राख्न पाउँछ ? त्यो डिपोजिट गर्नपर्छ । कुन एकाउन्ट, कुन शीर्षक भन्ने हुन्छ ।

मलाई जुन अरोप लगाईएको छ । मैले फोटोकपी गरेर राखेको छु । म माथि लगाईएको आरोप सहित म चाँडै आउछु । किनकी मलाई ठुलो पीडा भईरहेको छ । मैले आरोप लगाउने साथीहरुलाई समय दिएको हो । अब ९ महिना बित्यो । आरोप लगाउने साथीहरुले अब म माथि लगाएका आरोप प्रष्ट पार्न पर्छ । 

एन्फाको नयाँ नेतृत्वको ९ महिने कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?

सबै काम बिगारे, भत्काए भन्ने पक्षमा छैन । योजना सार्वजनीक भएका छन् ।  कार्यक्रम सम्पन्न भएपछि टिप्पणी गर्न उपयुक्त होला । रेलिगेशन बिनाको लिग भयो । ५ बर्ष लिग नभएको कारणले भन्ने कुरा आयो । १० बर्ष फुटबल नहुदाँ मैले पनि त रेलिगेशन सहितको लिग चलाएकै हो नि । चासो र चिन्ता भनेको चुनावको समय भएको समझदारी अनुसार रेलिगेशन बिनाको लिग गरियो भन्ने हो । हिजो च्याम्पियनको हैसियत के थियो, आजको हैसियत के छ भन्ने कुराले प्रष्ट देखिन्छ । सम्झौता गरेर लिग सञ्चालन गरियो तर त्यो नगर्दिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

भनेपछि समग्रमा सन्तुष्ट हुनुहुन्छ ?

एकाध कार्यक्रम भर्खरै बन्दै छ । सञ्चालनमा आएपछि भन्न सकिन्छ । तर मुख्य कुरा मेरो राखेपसंग ठुलो आपत्तिजनक बिषय छ । फुटबल संघले नविन पाण्डेलाई फिफा कांग्रेसमा लग्यो । तर, विदेशीलाई देशको प्रतिनिधित्व गर्न मिल्छ कि मिल्दैन भन्ने बिषयमा राखेप र मन्त्रालय बोल्न पर्दैन ?

तपाई नेपाली फुटबलको प्रतिपक्ष हो ?

प्रतिपक्ष भन्दापनि नेपालको फुटबलमा मैले सानो प्रतिक्रिया दिदाँ काम गर्दा अलिकति सतर्कता अपनाउन पर्छ भन्ने किसिमको आभाष दिन चाहन्छु । प्रत्यक्ष रुपमा म संलग्न हुन मिल्दैन । खुलेआम भाषण र गतिविधि गर्न मिल्दैन । गणेश थापा सुतिरहेको छैन, गणेश थापाले थाहा पाउला भन्ने डर दिन चाहन्छु । उनीहरुले राम्रो काम गर्न सकुन् ।

एन्फा नेतृत्वमा बिताएको दुई बर्षे कार्यकालको समिक्षा गर्दा कहाँ चुके भन्ने लाग्छ ?

व्यवहारिक पक्ष छन् । व्यवहार राम्रो भएनी कि ? आक्रमक बढी भए कि ? नम्र हुन सकिन कि भन्ने लाग्छ । तर मेरो कार्यकालमा पछुतो हुने काम केही गरिन । फुटबलप्रति जिम्मेवार भएका कारणले बढी दबाबमा रहन्थे ।

मेरो पालामा राम्रो टिम हुदाँ पनि साफमा च्याम्पियन हुन सकिएन । तर मैरै पालामा उत्पादन भएका खेलाडीले पछाडी धेरै उपाधि जिते । पाँच बर्षसम्म मैले उत्पादन गरेका खेलाडी बाहेक नयाँ खेलाडी आएको देखेको छैन । मैले उत्पादन गरेका खेलाडीले आगामी ५, ७ बर्ष नेपालले जिते पनि हारेपनि त्यसको जस अपजस मैले लिन पर्छ ।

भाग्यले साथ दिएन भन्ने ठानेको छु । एएफसी च्यालेन्ज कप जस्तो प्रतियोगितामा दुई पेनाल्टी मिस गरेर हामी फाईनल पुग्न सकेनौ । काठमाडौंमा भएको साफमा दुई वटा पेनाल्टी मिस गरेर फाईनल पुग्न सकेनौ ।

संघको राजनीतिमा तत्कालिन उपाध्यक्ष कर्माछिरिङ माथि बढीनै प्रतिरोध राखे भन्ने लाग्छ ?

गल्ती नगल्ती भन्दा पनि उहाँ जुन बाटोबाट हिड्नु भो मैले सम्झौता गर्न चाहिन ।

त्यसको पछुतो छ कि छैन ?

मलाई पछुतो छैन । उहाँले जसरी कुराहरु उठाउनुभयो । जसरी धम्क्याउन प्रयास गर्नुभयो । मैले गलत कुरासंग सम्झौता गर्न चाहिन । उहाँले उठाएका कुराहरु गलत थिए ।

त्यसो भए कुनै पछुतो छैन ?

सम्झौता गरेको भए, व्यक्तिगत रुपमा मलाई केही हुन्थ्यो होला । व्यवहार गर्ने क्रममा पहिल्यै समाधान गरेको भए हुन्थ्यो होला ।

उहाँले उठाएका बिषय निकै राजनीतिक थिए । उहाँले जे उठाउनुभएको थियो, उहाँलाई नै ब्याकफायर हुदैछ । आफ्नो कुरा आफ्नै ठाउँमा राख्न सकिन्थ्यो । म आफैले हुर्काएका बढाएका साथी हुन् । नेपालमा जे कुरा उहाँले उठाउनु भयो, के त्यो प्रमाणित भयो त ? एउटा मान्छेको चरित्र हत्या गर्ने काम गर्नुभयो । फिफाको कार्यकारी समितिमा लड्न सक्ने हैसियत भएको मान्छेलाई गलत आरोप लगाएर के पाउनुभयो ?

गलत सन्देश प्रभाव गरेर फिफामा सकिएको मुद्दालाई उहाँले बिउत्याँउनु भयो । मलाई कारबाही गराएर उहाँ व्यक्तिगत रुपमा एन्फा अध्यक्ष त हुनुभयो । अब त्यो पोजिसनमा पुग्न नेपालीलाई कति समय लाग्ला । त्यो हैसियत नेपालको कहाँ थियो ?

फिफामा मेरो सक्किसकेको मुद्दालाई नेपालमा जुन किसिमबाट प्रोपागाण्डा गराएर, मेरो व्यक्तित्वलाई बिगारेर मलाई कारबाही गराउन सफल हुनुभयो । तर नेपालमा उहाँले लगाएका आरोपहरु कहाँ छन् ? उहाँले यो बिषयमा सोच्न पर्यो ।

ती आरोपलाई के अब पुष्टि गर्न पर्यो भन्न खोज्नुभएको हो ?

हो, पुष्टि गर्न पर्यो । पुष्टि गरे म खुसी हुन्छु । म आफै उठाउँदै छु । म माग गरिरहेको छु । म चाँडै पत्रकार सम्मेलन गरेर जानकारी गराउन चाहन्छु । उहाँले स्पष्ट कुरा के छ भने, म भए त्यो गर्थे ।

गणेश थापा,  नेपाली राष्ट्रिय टिमका कप्तान । मेरै नेतृत्वमा काम गर्नुभएको थियो । फुटबलमा धेरै राम्रा काम भएका छन् । उहाँले सहर्ष रुपमा स्विकार गरेर गणेश थापाले गरेका राम्रा कामलाई म निरन्तरता दिन्छु । मैले लगाएका आरोप प्रमाणित भएनन् । सार्वजनीक रुपमा म गणेश थापाप्रति क्षमा प्रार्थी छु भनेर उहाँले भने सक्कियो नि त कुरा । त्यो नभन्ने भए प्रमाणित त गर्नपर्छ ।

दुई विकल्प उहाँसंग छ, आरोप कि प्रमाणित गर्न पर्यो कि माफी माग्न पर्यो । मैले आरोप बिर्सिएको छु र ?  एन्फाको पैसा ३६ प्रतिशत ब्याजमा लगाएर खायो भनेको छ । परिवारका छोरा, श्रीमतीको नाममा विदेशी पैसा लिएर आएर खायो भनेको छ । ८ करोड पैसा कहाँबाट ल्यायो भनेको छ । साथी भन्ने संस्थालाई करोडौं करोड दियो भनेको छ ।

गोल प्रोजेक्टको २० करोड खायो भनेको छ । बदनाम गराएर संख्या जोड्दा ५८ करोड खायो भनेको छ । ३६ प्रतिशत ब्याजमा लगाएर खायो भनेर उहाँले अख्तियारको ढोकामा भन्नु भएको छ, रेकर्ड सहित । अभिषेक थापाको नाममा हिमालयन बैंकमा ५० हजार डलरको खाता छ भन्नु भएको छ । कोषको पैसा खायो भनेको छ । एएफसीको पैसा अडिट गरेको छैन भनेको छ । टिकटबाट आएको पैसा सबै खायो भनेको छ । उहाँ आफै आर्थिक समितिमा हुनुहुन्थ्यो । सबैमा उहाँकै (कर्माछिरिङकै) हस्ताक्षर छ । उहाँलाई मेरो आग्रह भनेको, फुटबल अघि बढाउनुहोस । एउटा नेतृत्वले कि प्रमाणित गरेर देखाउन पर्यो कि स्विकार गरेर नयाँ अगाडी बढ्न पर्यो ।

आरोप मात्र लगाएर उहाँलाई छुट छैन । उहाँ राम्रो फुटबल चलाए मेरो सहयोग छ । तर जुन कुरा गलत गर्नुहुन्छ, स्विकार हुदैन । उहाँलाई नि गाह्रो होला, त्यहाँ नि असल मान्छे छैनन् होला । तर सम्झौता गरेर फुटबल चल्दैन ।

नयाँ नेतृत्वले फुटबल बिकासका लागि कसरी काम गरिदियोस भन्ने लाग्छ ?

नयाँ नेतृत्वले आफुले उठाएका कुरा पुरा गर्न पर्यो । गणेश थापाको राम्रो कामलाई निरन्तरता दिन पर्यो । गलत भए, कारण सहित मैले यसरी राम्रो गरे भनेर भन्न पर्यो । आर्थिक कुरामा म हिजो पनि कडा थिए, कालो चिया खुवाएर चलाएको संस्था हो । अहिलेपनि त्यहाँ आर्थिक कुरा हिनामिना नहोस भन्नेमा मेरो चासो रहन्छ । किनकी विदेशबाट आएको पैसा सहि सदुपयोग होस भन्ने मेरो चाहाना हो ।

उहाँहरु कुनैपनि बेला मसंग सल्लाह लिन सक्नुहुन्छ । प्रतिबन्ध लाग्ने बित्तिकै गणेश थापाले सबै कुरा बिर्सिएको छैन । अनौपचारिक रुपमा के गर्दा राम्रो हुन्छ भनेर दुई वटा नयाँ आईडिया लिए सानो मान्छे भईदैन ।

तर उहाँको क्रियाकलापहरु हेर्दा कुन बाटो जाँदै हुनुहुन्छ भन्ने छर्लङ देखिन्छ । अझ पनि समय छ । हिजो आरोप लगाउदाँ छानविन नहुन्जेल बाहिर बस्दिनु भन्नु भएको थियो ।

उहाँहरु माथि पनि आरोप लागेका छन् । छानविन भएर ‘क्लियर’ भएर आउनुहोस । यत्रो ठुलो मुद्वा छ, अदालतको कुरा छ, पैसाको कुरा उठेको छ । सही छानविन गरेर उहाँ अगाडी बढ्नु भयो भने म कहिल्यै नकारात्मक छैन । मेरो कुनै पुर्वाग्रह छैन । तर उहाँहरुको क्रियाकलापप्रति मेरो असहमती हो । जसरी मेरो चरित्र हत्या गर्ने काम भयो । मेरो सिधा कुरा छ, कि स्विकार गर कि प्रमाणित गर । कतै मैले ५८ भन्दा बढी खाएको छु कि, वा ५ करोडमा झर्छु कि ?

एन्फामा तपाईको पुनरागमन हुने सम्भावना के छ ?

मैले त्यो सोचेको छैन । त्यो मेरो प्राथमिकता होईन । नेपाली फुटबल राम्रो होस, म त्यसैमा सन्तुष्ट हुन्छु ।

प्रतिपक्षले त सत्ता कुरेर बस्छ नि ?

मैले आफुलाई प्रतिपक्ष ठानेकै छैन । म प्रतिपक्ष होईन । फुटबलमा मेरो संलग्नता छैन । मेरो कारणले डराउनुहोस भन्ने हो । मेरो काम डर पैदा गर्ने हो । प्रतिपक्षमा लागेर म हिड्ने होईन । मैले ३५ बर्ष फुटबलमा बिताए । मैले जिवनमा सबै कुरा पाए । राजनीतिमा एउटा मिसनका साथ हिडेको थिए ।

प्रष्ट भन्नुस, फुटबलमा सक्रिय भएर फर्कनु हुन्छ ?

मैले सोचेकै छैन । फर्कन्छु वा फर्किन्न मेरो कुरा होइन । भोली राम्रो फुटबल अघि बढेमा म किन आउन पर्यो र ?

तर, यदी राम्रो भएन भने ?

फुटबलमा राम्रो भएन । सबै साथी भाईले आउनु पर्यो भनेमा त्यो अर्को कुरा भो । फुटबलमा राम्रो मान्छे आएर अगाडी बढाएको खण्डमा म किन आउन पर्यो । म पछाडीबाट सहयोग गरिहाल्छु । तर फुटबल बिग्रियो, भत्कियो भनेर साथी भाईहरुले भनेको खण्डमा सोच्न सकिन्छ । तर राम्रोसंग फुटबल अगाडी बढेमा मलाई आउन छैन । मलाई पुगिसक्यो । तर फुटबलको चिन्ता र चासो रहन्छ । तर साधारण सभाको सदस्य भएर विकृती र राम्रो कुराको पक्षमा बोल्ने ईच्छा छ । र, मेरो नामको कुरा छ । मेरो ‘ईमेज’लाई खत्तम पार्ने काम भएको छ । त्यसलाई सुधारेर देखाउन मन छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP