• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
खेलपाटी संवाददाता
बुधबार, चैत २७, २०८१ खेलपाटी संवाददाता
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन

चितवन । चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न भएको छ ।

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी थिए । 

सोमबार भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको र्याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, मंगलपुर, रामपुर, चनौली, पर्साढाप, मेघौली हुँदै गोलाघाट पुगेको थियो । गोलाघाटको ब्रेक पश्चात बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर टीएसडी र्याली समापन भएको थियो । 

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार शाक्य, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई लगायतले फ्ल्याग अफ गरेर शुभारम्भ गरेको सो कार्यक्रमका सबै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । 

टीएसडी र्याली समापन शत्रमा रिभर बैंक जंगल रिसोर्टमा आयोजित कार्यक्रममा अष्ट्रेलियादेखि लण्डन हुदै नेपालसम्म गाडीमा यात्रा गरेका दिनेश कठायत, स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट गेम्समा नेपालबाट सहभागी प्रज्ञा कँडेलले आफ्ना अनुभव सुनाएका थिए । महिला सशक्तिकरण, एड्भेञ्चर स्पोर्टस् र ड्राइभ टुरिजम मुख्य थिम रहेको कार्यक्रमको मोडरेटरको रुपमा नेपाल अटोमोवाइल एसोसिएसन टुरिजम कमिसनका संयोजक कमला क्षेत्रीले गरेकी थिईन् ।

र्याली बिसहजारी ताल हुँदै सौराहास्थित चित्रसारी ग्राउण्डमा पुगेको थियो । त्यसै ग्राउण्डमा चितवनकै पहिलो महिला मात्र सहभागी भएको अटोजिमखाना फम्र्याटको रेसिङ्ग सम्पन्न भयो ।

समय, गति र दुरीका आधारमा आयोजना गरिएका र्यार्ली प्रतियोगितामा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीले पहिलो स्थान हासिल गरे भने शोभा बराइली र रेनु तामाङले दोस्रो तथा चन्दना कोइराला र आशा देवी श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुले ड्राइभर र नेभिगेटरको रुपमा भूमिका निभाएका थिए । 

त्यसैगरी नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ विजयी बनिन् भने कल्पना पौडेल र सावित्री रेग्मीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरिन् । 

राष्ट्रिय खेलकुद परिषद, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाइल डिलर एसोसिएसन, रोटरी क्लव, महिला जेसिस लगायतका संघ–संस्थाहरुको सहयोग रहेको सो दुइदिने कार्यक्रमको सन्दर्भमा मार्सल तथा ड्राइभर ट्रेनिङ्ग भरतपुरमा सम्पन्न गरिएको थियो ।

कार्यक्रम समापनको अवसरमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, सचिवद्वय दिप्रश शाक्य र सन्तोष प्रसाद न्यौपाने, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार लगायत वितरण गरेका थिए भने विभिन्न प्रायोजक कम्पनीहरुले गिफ्ट ह्याम्पर प्रदान गरे । 

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले सहभागी सबै खेलाडी र कार्यक्रम आयोजना गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत महिला सशक्तिकरण, एड्भेञ्चर स्पोर्टस्, ड्राइभ टुरिजम र रोड सफ्टीका कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले पछिल्लो समय नेपालमा मोटरस्पोर्ट्स समेत लोकप्रिय खेलको रुपमा विकासित बन्दै गैरहेको उल्लेख गर्दै प्रदेश संघको कार्यक्रमले यसमा इट थप्ने काम गरेको बताए ।


 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP