काठमाडौं । तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
आयोजक संस्कृतिको ३ टोली सेमिफाइनलमा पुग्न सफल भयो । संस्कृतिको ब्वाइजमा १ तथा गर्ल्समा २ टोली सेमिफाइनलमा स्थान बनाउन सफलप रह्यो ।
ब्वाइजमा संस्कृति र युलेन्स तथा रेडियन्ट र ज्ञानोदय बालवाटिका सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
गर्ल्समा संस्कृति ‘बी’ ले आफ्नो ‘ए’ टिम तथा काष्ठमण्डपले रातो बंगला विरुद्ध खेल्ने छन् ।