बद्रीलाल बने राष्ट्रिय भेट्रान च्याम्पियन
छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा तिन पटकका पूर्वनेपाल च्याम्पियन नेपालीले ७ चरणको खेलबाट ६ अंक जोडेर उपाधि हात पारेका हुन्।






-1726756024.jpg&w=3840&q=75)





