बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ। नागार्जुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा नारायणकाजी श्रेष्ठले सेन्टरको एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरे।
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ। एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।
मकवानपुरमा एन्फाले सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ खेलाडी बेपत्ता भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनु पर्ने सुझाव दिएका छन्।
नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउँदै छन् ।
प्रतियोगिताको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।
रंगशाला खेलाडीलाई खेलाउन र खेल्न कै लागि बनाइन्छ। तर, नेपालगन्ज रंगशाला भने त्यसको अपवादमा पर्छ। यो रंगशाला त छ, तर सात रंगशालामा पूर्वाधार निर्माण भइरहेको भन्दै सात वर्षदेखि कुनै खेलाडीलाई खेल्न दिइएको छैन।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ।
सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद हुन नसक्ने प्रस्ट पारेका छन् ।