नेपाल ‘च्यालेन्ज थर्ड’ मा पराजित
शनिबार, १९ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो।
एक समय नेपालले खेलमा पुनरागमन गरिसकेको थियो। त्यतिखेर नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। तर, नेपालले सेकेन्ड हाफमा भने उस्तै बलियो प्रदर्शन गर्न सकेन।
तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो। नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो। योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो।
यसअघि नेपाल ‘च्यालेन्ज’मा कतारसँग ३३–० ले पराजित भएको थियो।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)



