रग्वी हेर्न भारतीय राजदुत रंगशालामा
शनिबार, १९ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौंमा जारी एसिया रग्वी सेभेन्स ईमिरेट्स ट्रफी हेर्न भारतीय राजदुत दशरथ रंगशाला पुगेका छन् ।
भारतीय टिमको खेल हेर्न राजदुत नविन श्रीवास्तव दशरथ रंगशाला पुगेका हुन् ।
उनले ट्रयाकमै बसेर रंगशालामा भारतीय टिमको खेल हेरेका छन् ।

प्रतियोगितामा भारत सहितका १७ राष्ट्र सहभागी छन् । नेपाल रग्वी संघले आयोजना गरेको एसिया रग्वी सेभेन्स ट्रफी शनिबार समापन हुदैछ ।
प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको हो । नेपालले पहिलो पटक सिनियर लेवलको एसियाली रग्वी प्रतियोगिताको आयोजना गरेको हो ।












-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)

