नेपाल बाउलमा श्रीलंकासँग पराजित
शनिबार, असोज १९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को बाउलमा पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा महिला टोली श्रीलंकासँग १७–१५ को स्कोरमा पराजित भएको हो। योसँगै नेपाल सातौं स्थानमा रह्यो।