काठमाडौं। नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पहिलो जित हासिल गरेको छ।
एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको महिलातर्फको तेस्रो खेलमा घरेलु टोली नेपालले उज्बेकिस्तानलाई पराजित गरेको हो।
यसअघि नेपाल गुआमसँग १७–५ र फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। तर, उज्बेकिस्तानलाई भने ७–१२ ले पाखा लगाउन नेपाल सफल भयो।