एसिया रग्बी : थप पाँच राष्ट्रका टोली नेपाल आइपुगे
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन थप पाँच विदेशी टोली नेपाल आइपुगेका छन्।
पाकिस्तानको पुरुष, भारतको पुरुष/ महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य नवीन थापाले जनाएका छन्। योसहित नेपाल आइपुग्ने विदेशी टोलीको संख्या आठ पुगेको छ। मंगलबार अफगानिस्तान, चाइनिज ताइपेई र फिलिपिन्स टोली नेपाल आएका थिए।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ।







-1762154705887.png&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)