माछापुच्छ्रे टेनिसमा थापाको दोहोरो जित
सोमबार भएको सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई जोडी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।













