काठमाडौं । युरोकप छनोटमा वेल्स र क्रोएसियाले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा वेल्सले लात्भियालाई १-० गोल अन्तरले हराएको हो ।
वेल्सको जितमा किफर मोरेले निर्णायक गोल गरे । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै क्रोएसियाले टर्कीलाई २-० गोल अन्तरले हराएको हो ।
क्रोएसियाको जितमा माटियो कोभासिचले दुई गोल गरे ।
खेलको २० औं मिनेटमा उनले पहिलो गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा माटियोले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियाको जित पक्का गरे ।
समूह डी मा वेल्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
क्रोएसिया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
टर्की ३ अंक जोडेर तेस्रो र लात्भिया अंक विहीन पुछारमा रहेको छ ।