काठमाडौं । युरोकप छनोटमा स्विट्जरल्यान्डले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा स्विट्जरल्यान्डले इजरायललाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको ३९ औं मिनेटमा रुबेन भर्गासले गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा जेकी अम्डोउनीले गोल गर्दा स्विट्जरल्यान्ड २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५२ औं मिनेटमा सिल्भान विडमेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ३-० को जित दिलाए ।
स्विट्जरल्यान्डको यो लगातार दोस्रो जित हो ।
स्विट्जरल्यान्डले २ खेलमा ६ अंक जोडेको छ ।
स्विट्जरल्यान्ड समूह आई को शीर्ष स्थानमा रहेको छ ।
इजरायल १ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।