चितवन। प्रथम बखान च्याम्पियन कपमा मंगलबार दुई खेलहरु सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका-१९ मा रहेको प्रस्तावित बखान मिनि रंगशाला,शारदानगर खेल मैदानमा भएको पहिलो खेलमा युवा तथा खेलकुद बिकास समिति भरतपुर-१९ ले युवा तथा खेलकुद विकास समिति भरतपुर-२४ लाई १-० ले हराएको छ ।
भरतपुर-१९ को जितमा बिमल तामाङले खेलको २० औं मिनेटमा निर्णायक गोल गरे । निर्णायक गोल गरेका बिमल प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा युवा तथा खेलकुद विकास समिती भरतपुर-१८ ले महिन्द्रा ट्याक्टर पटिहानी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएको छ ।
भरतपुर-१८ का लागि १ एसिस्ट र दुई गोल गरेका जित मगर खेलको प्लेयर अफ दि म्याच चुनिए ।
युवा तथा खेलकुद बिकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सनिक कल्याणकारी सस्था भरतपुर-१९ को आयोजनामा जारी प्रतियोगिता चैत २० गतेसम्म संचालन हुनेछ।
प्रतियोगिताको च्याम्पियन हुने टोलिले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद ५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्।