काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले केहि गल्तीका बाबजुत प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा स्थान बनाएको र फाइनलका लागि सोच्ने बेला भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानसँग १-१ गोलको बराबरी खेलेपछि बोल्दै प्रशिक्षक एनीसले फाइनलमा राम्रो प्रदर्शन गर्ने बताए ।
'हामीले फाइनलमा स्थान बनाएका छौं। खेलमा केही गल्ती भए। अब अर्को खेलबारे सोच्नेछौं । त्यसमा राम्रो प्रदर्शन गर्नेछौँ,' एनीसले भने ।
भुटानसँग बराबरी खेलेपनि नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले शुक्रबार उपाधिका लागि लाओससँग खेल्नेछ ।
पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो ।
प्रशिक्षक एनीसले भुटानविरुद्ध अन्तिम समयमा कम्ब्याक गरेको बताए ।