काठमाडौं । आमन्त्रित टोली रसियाले साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार अन्तिम खेलमा भारतलाई २-० गोल अन्तरले हराउँदै रसियाले उपाधि जितेको हो ।
रसियाको जितमा एभडिनको र कोट्लोभाले एक एक गोल गरिन् ।
रसियाले अपराजित रहदै उपाधि जितेको हो ।
रसियाले ४ खेलमा १२ अंक जोड्यो ।
भारत ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
बंगलादेश ७ अंक जोडेर दोस्रो र नेपाल ३ अंक जोडेर चौंथो स्थान रह्यो ।
भुटान अंक विहीन रह्यो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको थियो ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जितेको हो ।