काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भुटानले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका हुन् ।
दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत गोल गरे ।
नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो ।
तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।
भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २-१ ले हराएको थियो । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।
नेपालले भुटानविरुद्ध हलसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध १२ खेलमा १२ जित हासिल गरेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि ३ अंक रहेको छ । भुटानले अंक जोड्न सकेको छैन ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।