काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापान र उरुग्वेले बराबरी खेलेका छन् ।
शुक्रबार भएको मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने उरुग्वेले बनाएको थियो ।
खेलको ३८ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफमा बनाएको अग्रतालाई उरुग्वेले जोगाउन सकेन ।
खेलको ७५ औं मिनेटमा ताकुमा निशिमुराले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।