काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अष्ट्रेलियाले इक्वेडरलाई हराएको छ ।
शुक्रबार भएको खेलमा अष्ट्रेलियाले इक्वेडरलाई ३-१ गोल अन्तरले हराएको हो ।
सिड्नीमा ज्याक्सन इर्भिनले १२ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३२ औं मिनेटमा अवेर मबिलले गोल गर्दा अष्ट्रेलिया २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा गाराङ कुओलले गोल गर्दै अष्ट्रेलियालाई ३-१ को जित दिलाए ।
अब दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।