काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन दोस्रो साताबाट सुरु हुने 'बी' लिगमा ५ खेलाडी परिवर्तन गर्न सकिने जनाएको छ ।
एन्फाले सोमबार 'बी' लिग खेल्ने क्लबलाई प्रतियोगिताको नियमबारे जानकारी गराउदै ५ खेलाडी परिवर्तन गर्न सकिने जानकारी गराएको हो ।
विश्व फुटबल सर्वोच्च निकाय फिफाले कोरोनापछि सुरु भएको खेलमा ५ खेलाडी परिवर्तनको अनुमति दिएको थियो ।
जस अन्तर्गत एन्फाले 'बी' लिगमा ५ खेलाडी परिवर्तन गर्न अनुमति दिएको हो ।
कोरोनाको कारण गत वर्षको चैतबाट रोकिएको 'बी' लिग फागुन ११ गतेबाट सुरु हुँदैछ ।
कोरोनाका कारण बी डिभिजन लिग गत वर्ष चैत ५ गतेबाट स्थगित अवस्थामा छ ।
यस्तै एन्फाले बाँकी खेलका लागि थप पाँच खेलाडी दर्ताको लागि अनुमति दिएको छ ।
त्यस्तै थप दुई पदाधिकारी र स्वास्थ्यकर्मी थप गर्न अनुमति दिएको छ ।