काठमाडौँ। रेडियन्ट रिडर्स एकेडेमीले जयकुमार नाथ शाह स्मृति यू–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा पहिलो हासिल गरेको छ।
आइतबार सम्पन्न खेलमा रेडियन्टले त्रियोग हाई स्कुललाई २ विकेटले पराजित गर्यो। त्रियोगले दिएको १०६ रनको लक्ष्य रेडियन्टले १८.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
रेडियन्टका वैभव झाले सर्वाधिक १४ रन बनाए। यस्तै, अनुज झाले १३ र सनातन नेपालले १२ रन बनाए। त्रियोगका शिवंम्स अधिकारीले सर्वाधिक ३ विकेट लिए। यस्तै, आयुब विश्वकर्मा र एनिश खड्काको नाममा १/१ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको त्रियोगले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
त्रियोगका श्रेयन्श आचार्यले सर्वाधिक ४३ रन बनाए। अरिभ ढुंगानाले १४ र अनिश खड्काले ८ रन बनाए। रेडियन्टका अनुज झा र अनिल गुरुङले ३/३ विकेट लिए। युशिन चन्दको नाममा २ विकेट रह्यो।
जितसँगै समूह ‘ए’ को रेडियन्टले ३ खेलमा २ अंक जोड्यो। त्रियोग अंकविहीन रह्यो।