काठमाडौँ। बागमती युवा क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युवा क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले मनोहरालाई १-० गोल अन्तरले पराजित गरेको हो।
बागमतीको जितमा अनिल रानामगरले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
जितसँगै ६ खेलमा ११ अंक जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ। पराजित मनोहरा समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा यथावत् छ।