एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर एलेक्स टेलिसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
युनाईटेडले बिहीबार डिफेन्डर एलेक्सलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिएपछि २७ वर्षीय डिफेन्डर १० दिनको सेल्फ आईसोलेसनमा बसेको युनाईटेडले जनाएको छ ।
ब्राजिलियन लेफ्ट ब्याक एलेक्स गत महिना मात्र युनाईटेड आएका थिए ।
युनाईटेडले पोर्टोबाट उनलाई ४ वर्षको लागि अनुबन्ध गरेको थियो ।
एलेक्सले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति आरबी लाइपजिगसँगको खेल गुमाएका थिए ।
युनाईटेडले घरेलु मैदानमा लाइपजिगलाई ५-० ले हराएको थियो ।
एलेक्सले च्याम्पियन्स लिग अन्तर्गत पीएसजीमाथि २-१ को जित निकाल्दा युनाईटेडका लागि डेब्यु गरेका थिए ।