काठमाडौं । नेपालमा आयोजना भएको एएफसी गोलरक्षक लेभल वान कोर्षमा १८ प्रशिक्षक उत्तिर्ण भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघको आयोजनामा भएको कोर्षमा २० गोलरक्षक प्रशिक्षकको सहभागीता रहेको थियो । जसबाट १८ प्रशिक्षक उत्तिर्ण भएका हुन् ।
कोर्ष असोज २८ देखि कार्तिक ३ गतेसम्म सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजना भएको थियो । नेपालमा दोस्रो पटक आयोजना भएको लेभल वान प्रमाणपत्र कोर्षमा दुई प्रशिक्षक भने अनुत्तिर्ण भए ।
एएफसीले राष्ट्रिय टिममा गोलरक्षक प्रशिक्षक अनिवार्य लिन थालेपछि नेपालमा पनि अहिले गोलरक्षक कोर्ष सु रुभएको हो । एएफसीले राष्ट्रिय टिम हेर्न प्रशिक्षकले कोचिङ लाईसेन्स कोर्षसँगै गोलरक्षक लेभल कोर्ष गर्नुपर्ने बताएको छ ।
कोर्षमा 'ए' लाईसेन्स कोर्ष गरेका १, 'बी' लाईसेन्स कोर्ष गरेका ५ र 'सी' लाईसेन्स कोर्ष गरेका १३ प्रशिक्षक उपस्थित रहेका थिए ।
कोर्षमा सहभागी राष्ट्रिय महिला टिमकी गोलरक्षक प्रशिक्षक अस्मिता खवास पनि उत्तिर्ण रहिन् । उनि कोर्षमा एक मात्रै महिला सहभागी हुन् ।
यस्तै कोर्षमा सहभागी छत्रुराम चौधरी, श्री प्रकाश बैद्य, शैलेश कर्माचार्य, ललित चन्द, अस्मिता खवास, विकास मल्ल, मनिष तिम्सिना, मिन बस्नेत, संजीव जोशी, सुरज मोक्तान, संदिप खड्का, गंगा राम देउजा, दिलिप बस्याल, प्रविण श्रेष्ठ, राजन मगर, अमित क्षेत्री, हरि बहादुर तामाङ, चेतन घिमिरे, मृगेन्द्र मिश्र उत्तिर्ण भए ।