जेभियर क्वाटरफाइनलमा
सोमबार, १६ असार २०७६खेलपाटी संवाददाता
काठमाडौं । जेभियर इन्टरनेसनल कलेज मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित आयोजक मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले इन्फन्ट क्लबलाई ५४–३६ ले पराजित गर्यो । जेभियरको जितमा आङ दावा शेर्पाले १२ अंक योगदान गरे । ब्वाइजमै पुजन खत्रीको २३ अंक सहयोगमा सीसीआरसीले युनिकलाई ७४–६२ ले हरायो ।
गल्र्समा पनि जेभियरले इन्फन्टलाई २९–१९ ले पाखा लगायो । जेभियरकी लक्ष्मी चौधरीले ८ स्कोर गरिन् ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
