साइपालको जित
आइतबार, १५ असार २०७६खेलपाटी संवाददाता
काठमाडौं । साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार जित हात पारेको छ ।
साइपालले बर्न हार्टलाई ४६–३० ले पराजित गर्यो । साइपालकी रोशनी श्रेष्ठले ९ अंक जोडिन् । गल्र्समै काठमाडौं नर्थ पोलले जेभियर इन्टरनेसनललाई २३–२० ले हरायो । विजयी टिमका लागि अस्मिता थापा मगरले ८ अंक बटुलिन् ।
ब्वाइजमा जेभियरले आयोजक मोर्गनलाई ५५–४८, गोल्डेनगेटले काठमाडौं नर्थ पोललाई ५४–४९ तथा ह्वाइटहाउसले बर्न हार्टलाई ४७–२५ ले पाखा लगाए । जेभियसका आशिष बस्नेतले १३ तथा गोल्डेनगेटका चिरञ्जीवी रोकायाले १९ स्कोर गरे ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
