अनुशाको उत्कृष्ट प्रदर्शनमा पुलिसको जित
सोमबार, २० जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले उमेन्स नेपाल बास्केटबल लिगमा दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा आईएसओ काइटलाई पराजित गर्दै पुलिसले दोस्रो जित निकालको हो । पुलिसले आईएसओ काइटमाथि ७६-६३ को जित निकाल्यो ।
पुलिसको जितमा अनुशा मल्लले उत्कृष्ट प्रदर्शन गरिन् । प्लेयर अफ दि म्याच बनेकी अनुशाले २१ स्कोर गरिन् ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
