सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो
मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता
-1776776604257.jpeg&w=3840&q=75)
काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेको किफायती बलिङसँगै युएई दोस्रो टी–२० आई खेलमा १२८ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको हो।
युएईका अक्षदीपले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। उनको टी–२० आई करिअरमा यो पहिलो अर्धशतक हो। उनले सोमबार नेपालसँग भएको पहिलो खेलमा डेब्यु गर्दै अविजित १७ रन बनाएका थिए।
यसपल्ट भने क्रिजमा टिकेर खेलेका उनले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक बनाए। मोहम्मद अर्फान ३२, अदीब उस्मानी ३० रनमा आउट भए। अन्य ब्याटर खुलेर खेल्नन सकेनन्।
नेपालका सन्दीपले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ६ रन खर्चिए। दोस्रो खेल खेलिरहेका हेमन्त धामीले २ तथा नन्दन यादव र शहाब आलमले समान १ विकेट लिए।





-1776781891908.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)




