दोस्रो खेलमा चार परिवर्तन
मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता
-1776769465143.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले युएईविरुद्धको दोस्रो टी–२० आई खेलमा चार परिवर्तन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिं ऐरीले टस जितेका हुन्। योसँगै उनले युएईलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।
पहिलो खेलमा नेपाल भ्रमणकारी टोलीसँग ६ विकेटले पराजित भएको थियो। यो खेलमा नेपाल पुनरागमन गर्दै दुई खेलको सिरिज १–१ मा सकाउने लक्ष्यमा हुनेछ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले पहिलो खेल खेलेका चार खेलाडीलाई आराम दिएका छन्। उनले ओपनर अर्जुन साउदको स्थानमा आरिफ शेख आएका छन्। यस्तै शेर मल्ल, बसीर अहमद र सन्दीप जोरा बाहरिएका छन्। उनीहरुको स्थानमा शेखबाहेक सन्तोष यादव, लोकेश बम र शाहब आलमले स्थान बनाएका छन्।
सन्तोषले यसै खेलमार्फत सिनियर टोलीमा डेब्यु गर्दैछन्।











-1776739058950.jpeg&w=3840&q=75)
