समृद्धि गोरिल्लाजको विजयी सुरुवात
शनिबार, जेठ १८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । समृद्धि गोरिल्लाजले महिलाको सर्वाधिक ठुलो बास्केटबल प्रतियोगिता 'उमेंस नेपाल बास्केटबल लिग' मा विजयी सुरुवात गरेका छन् ।
शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै समृद्धि गोरिल्लाजले सुखद सुरुवात गरेको हो । समृद्धि गोरिल्लाजले पुलिसमाथि ४९-४६ को जित निकाल्यो ।
समृद्धि गोरिल्लाजको जितमा सदिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरिन् । प्लेयर अफ दि म्याच बनेकी सदिनाले १८ स्कोर गरिन् ।

आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।








copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
