अन्तिम लिग खेलमा टाइम्सको जित
शुक्रबार, १७ जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । टाइम्स बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिगको अन्तिम लिग खेलमा जित निकालेको छ ।
शुक्रबार भएको खेलमा टाइम्सले रोयल बास्केटबल क्लबलाई ८०-६९ स्कोरले पराजित गर्यो ।
रोयललाई पराजित गरेसंगै प्ले अफ पुगिसकेको टाइम्सले लिगमा १२ औं जित दर्ता गर्यो । यो जितसंगै टाइम्सले १४ खेलमा २६ अंक जोड्यो । रोयलको मात्र ११ अंक छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
