किर्तिपुरसंग गोल्डेनगेट पराजित
बिहिबार, जेठ १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । किर्तिपुर बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा तेस्रो जित दर्ता गरेको छ ।
बिहिबार भएको खेलमा गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लबलाई ७४-७१ स्कोरले पराजित गर्दै किर्तिपुरले तेस्रो जित निकालेको हो ।
किर्तिपुरको जितमा अनिल खड्कीले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका उनले २२ स्कोर गरे ।
जितसंगै किर्तिपुरले १२ खेलबाट १५ अंक जोडेको छ । गोल्डेनगेटको १३ खेलबाट २० अंक छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।








copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
