गोल्डेनगेटद्वारा किर्तिपुर पराजित
बुधबार, जेठ १५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा सातौं जित दर्ता गरेको छ ।
बुधबार भएको खेलमा किर्तिपुर बास्केटबल क्लबलाई ८९-७६ स्कोरले पराजित गर्दै गोल्डेनगेटले सातौं जित निकालेको हो ।
गोल्डेनगेटको जितमा अविशेक सिंहले उत्कृष्ट प्रदर्शन गरे । उनी प्लेयर अफ दि म्याच बने ।
जितसंगै गोल्डेनगेटले १३ खेलबाट २० अंक जोडेको छ । किर्तिपुरको ११ खेलबाट १२ अंक छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।








copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
