एचएचसीए र इनोभेटिभको जित
बुधबार, जेठ १५, २०७६खेलपाटी संवाददाता
काठमाडौं । एचएचसीए र इनोभेटिभले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार जित हात पारेका छन् ।
काठमाडौं विद्याकुञ्ज मावि (केभीकेएसएस) द्वारा आयोजित प्रतियोगितामा एचएचसीएले स्किब्सलाई ३५–२४ तथा इनोभेटिभले रेडिअन्टलाई १७–१० ले पराजित गरे ।
गल्र्समै इडेन ब्रिज एकेडेमी (इबीए) ले आयोजक केभीकेएससलाई १९–१२, भ्याली पब्लिकले नाम्सलाई २३–१२, त्रिज्योतिले ग्रिनल्यान्डलाई २२–११, मोक्क्षदाले क्लिनटनलाई ११–६ र भानुभक्तले मोक्क्षदालाई २३–१२ ले हराए ।
ब्वाइजमा एचएचसीएले फ्युजन एकेडेमीलाई ४३–२३, काठमाडौं जेभियरले अक्षरालाई ३९–१६, ग्रिनल्यान्डले संस्कृतिलाई ४२–२६, गोल्डेनपिकले त्रिज्योतिलाई ६७–४४ तथा लालीगुराँसले हिमरश्मीलाई ३०–२१ ले पाखा लगाए ।








copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
