मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

एभरेष्ट म्याराथन जेठ १५ गते

बिहिबार, ०२ जेठ २०७६खेलपाटी संवाददाता
एभरेष्ट म्याराथन जेठ १५ गते
Loading ad...
mustang rice ad

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते हुने भएको छ ।

आयोजक हिमालय एक्सपीडीसन्सले बिहिबार पत्रकार सम्मेलन गर्दै १६ औं संस्करणको एभरेष्ट म्याराथन जेठ १५ गते हुने जानकारी गराएको हो ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट हुने एभरेष्ट म्याराथनमा स्वदेशी र विदेशीगरी २ सय बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।

नाम्चे बजारमा आएर समापन हुने म्याराथनमा तीन स्पर्धाको दौड हुनेछ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२.१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथनमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

फुल म्याराथनमा महिला, पुरुष र विदेशी विधा समावेश गरिएको छ ।

फुल म्याराथनको पुरुषतर्फको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन् । महिला स्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश ५०,३५ र २५ हजार पाउने छन् ।

अल्ट्रा दौडको विजेताले १ लाख , दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउने छन् ।

प्रतियोगिताको फुल म्याराथनमा १२५, हाफ म्याराथनमा १२ र एभरेष्ट एक्सट्रिम अल्ट्रा दौडमा १७ खेलाडीको सहभागिता रहने आयोजक हिमालय एक्सपीडीसन्सका इभेन्ट म्यानेजर शिखर पाँडेले जानकारी गराए ।

प्रतियोगितामा नेपालबाहेक ३१ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार