म्याराथनमा कृष्ण र राजपुरालाई स्वर्ण
सोमबार, बैशाख ९, २०७६खेलपाटी संवाददाता

दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा आर्मीका कृष्ण बस्नेतले स्वर्ण जितेका छन् ।
दाङको बेलझुन्डीमा सोमबार कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पार्दै कृष्णले स्वर्ण जितेका हुन् । स्वर्ण जित्ने क्रममा कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पुरा गरे ।
दुर्गाले २ घण्टा १८ मिनेट ३९ सेकेण्डमा दौड पुरा गर्दै रजत जिते । यस्तै २ घण्टा २२ मिनेट १० सेकेण्डको समयसहित एपीएफका किरण सिंह बोगटीले कास्य जिते ।
महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले स्वर्ण जितिन् । उनले २ घण्टा ५९ मिनेट ३८ सेकेण्डको समय निकालिन ।
एपीएफकी पुस्पा भण्डारीले ३ घण्टा ५९ सेकेण्डका साथ रजत जितिन् । आर्मीका सरिता थेबेले ३ घण्टा ८ मिनेट ३ सेकेण्डको समयसहित कास्य जितिन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


