अत्तरियामा गोदावरी म्याराथन हुने
सोमबार, १८ चैत्र २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
धनगढी । कैलालीको अत्तरियामा पहिलो पटक एभरेष्ट एकेडेमी गोदावरी म्याराथन दौड आयोजना हुने भएको छ ।
अत्तरिया जेसिज र लायन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक अत्तरियामा म्याराथन हुने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ चैत्र २९ गते म्याराथन हुने संयोजक रवि खनालले जानकारी दिए ।
१८ बर्षदेखि ४० बर्षसम्मका खेलाडीले सहभागिता जनाउन पाउने म्याराथनमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पाउने छन् ।
म्याराथन अत्तरियादेखि गोदावरीसम्म ७ किलोमिटरको हुनेछ ।






-1765118145135.jpg&w=3840&q=75)



%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
