बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएफसी कपमा समुह चरण पार गर्ने लक्ष्य हो : छिरिङ गुरुङ (अन्तरवार्ता)

बिहिबार, १४ चैत्र २०७५नमीन ढकाल
एएफसी कपमा समुह चरण पार गर्ने  लक्ष्य हो : छिरिङ गुरुङ (अन्तरवार्ता)

undefined

Loading ad...
mustang rice ad

घरेलु फुटबलको सर्वाधिक सफल र लोकप्रिय क्लब मनाङ मस्र्याङ्दी क्लबले अर्को साता एएफसी कप खेल्दैछ । लिग च्याम्पियनको हैसियतमा मनाङले सो अवसर पाएको हो ।

लिग र मोफसलका प्रतियोगिता सकेर मनाङ एएफसी कपको तयारीमा व्यस्त छ । लिग खेलेका खेलाडीमा केही राम्रा खेलाडीलाई थप गर्दै मनाङले एएफसी कपमा नेपाली क्लबको चुनौती पेश गर्नेछ ।

एएफसी कपको समुह इ मा रहेको मनाङले बंगलादेशको अवहानी लिमिटेड, मिनेर्भा पन्जाब र चेन्नई एफसीसंग होम एण्ड अवेका आधारमा खेल्नेछ । घरेलु मैदानमा अवहानीसंग खेल्दै मनाङले प्रतियोगिताको सुरुवात गर्दैछ ।

लिग जिताउन महत्वपुर्ण भुमिका निभाएका दुई प्रशिक्षक सुमन श्रेष्ठ र विदेशी प्रशिक्षक ताेफे फुजालाई बाहिर राख्दै मनाङले पुर्व अध्यक्ष तथा प्रशिक्षक छिरिङ गुरुङलाई टिमको नेतृत्व सुम्पिएको छ । उनकै नेतृत्वमा मनाङले एएफसी कप खेल्नेछ । पहिलो पटक नेपालबाट एएफसी कप खेल्न लागेको मनाङलाई नयाँ अध्याय लेख्ने जिम्मेवारी छिरिङको काँधमा आएको छ ।

उनी छिरिङसंग मनाङको एएफसी कपको तयारी, खेलाडीको अवस्था, क्लबको लक्ष्य र घरेलु फुटबलमा मनाङको चुनौतीको बिषयमा खेलपाटीकर्मी रमेश सुबेदीले कुराकानी गरेका छन् ।

एएफसी कपको तयारी कस्तो छ ?

एएफसीको लागि सबै खेलाडी हामीसंग भएनन् । त्यसले योजना अनुसार टिमको तयारी अघि बढाउन सकिएन । राष्ट्रिय टिम र यु–२३ का सबै खेलाडी नेपाल फर्किएका छन् । अब अन्तिम तयारीमा जुटेका छौ ।

मिडफिल्डर सुजलको समस्या के हो ? तयारीमा देखिदैनन् त ?

त्यस्तो केही हैन । कुवेतको यात्रामा केही समस्या आएको थियो । आराम गरिरहेको छ । चाँडै फर्कन्छ ।

तयारी सुरु गर्नु भएको कति समय भयो ?

एएफसी कपको तयारी अघि बढाएको दुई हप्ता नाघिसकेको छ ।


धेरै खेलाडी अन्तराष्ट्रिय खेलमा व्यवस्त भए, कति खेलाडीलाई अभ्यासमा पाउनुभयो ?

नेपालको मैत्रिपुर्ण खेल र एएफसी च्याम्पियनसिपले दैनिक ७–८ खेलाडी मात्र उपलब्ध भए ।

धेरै नयाँ खेलाडी टिममा देखिएका छन् । यु– २३ का खेलाडीको बाहुल्यता हो ?

धेरै नयाँ खेलाडी समेत सहभागि छन् । तीन चार जना यु–२३ टिमका समेत छन् ।

एएफसी कपका लागि कति खेलाडी दर्ता गर्नुभएको छ ?

हामीले अहिले २७ मात्रै दर्ता गराएका छौँ । ३५ खेलाडी दर्ता गर्न पाउने नियम छ । तर हामी फाईनल खेलाडी २० जना मात्र राख्नेछौ ।

पहिलो होम खेल्न एक हप्ता बाँकी छ । तयारी कस्तो छ ?

धेरै अभ्यास गर्नुपर्ने छैन । सबै खेलाडी खेलिरहेका छन् । लिगमा समेत सबैले संगै खेलेका थिए । लगत्तै मोफसलमा समेत खेले । अब कमजोरी मात्र सच्चाउने हो । सायद धेरै समय लाग्दैन होला ।

लिग च्याम्पियन भएपछि क्लब सम्हाल्न आउनुभएको छ । समय छोटो छ । क्लबको लक्ष्य के हो ?

चुनौती त भैहाल्छ । टिमको नेतृत्व गरेपछि लक्ष्यमा सफल हुन्छु भन्नेनै हो । फुटबलमा सबै सोचेजस्तो हुदैन । फुटबल भनेको टिम खेल हो । भाग्य पनि चाहिन्छ । खेलको दौरान के हुन्छ, भन्न सकिन्न ।

Image may contain: 2 people, people sitting and outdoor

क्लबमा नयाँ नेतृत्वसंगै तपाई प्रशिक्षणमा फर्कनुभएको छ । कत्तिको सहजता महशुश गरिरहनुभएको छ ?

नयाँ र पुरानो टिमले मलाई खास फरक पर्दैन । म मनाङकै उत्पादन हो । क्लबमा बसेर खेले, अध्यक्ष सम्म बने । बिस्तारै प्रशिक्षक समेत बने । क्लबलाई आवश्यक पर्दा कुनैपनि समय उपस्थित छु । नयाँ नेतृत्व आएको छ ।

मलाई खेलाडी चाहिएको थियो, त्यो पुरा भएको छ । वर्तमान अध्यक्षसंग मिलेर मैले मेरो कार्यकालमा काम गरेको छु । त्यसैले नयाँ नेतृत्वबाट अझै सहज महशुश गरेको छु । दुई चार जना मेरै कार्यकालमा खेलेका खेलाडी छन् । हामी एक अर्कामा परिपुरक छौ ।

मनाङ लिग च्याम्पियन हुदाँ विदेशी प्रशिक्षक थिए । लगत्तै तपाई आउनु भएको छ । नयाँ खेलाडी भित्राउन वा रिलिज गर्न कत्तिको सहज महशुश भयो ?

सहज नै हुन्छ । हरेक खेलाडीको मनाङ आउने लक्ष्य हुन्छ । मनाङको व्यवस्थापन राम्रो हुने भएकाले सबै खेलाडी आउन सहज मान्छन् । प्रतियोगितालाई भनेर केही खेलाडी हामीले लोनमा ल्याएका छौ । उनीहरु समेत सहजै स्विकार गरेर आए ।

केहि खेलाडी लोनमा ल्याएको कुरा छ । समय र खेलाडीको बिषयमा खुलाउन मिल्छ ?

हामीले ४ महिनाको लागि केही खेलाडी अनुबन्धन गरेका छौ । हामीले ४ महिना जति एएफसी कप खेल्नेछौ । त्यसपछि लिगमा खेलाडी फेरबदल भईहाल्नेछ ।

Image may contain: 4 people, people playing sport and outdoor

अन्तिममा मनाङको एएफसी कपमा लक्ष्य के हो ?

छनोट हुनेनै लक्ष्य हो । हामीले सुरुमा समुह चरण पार गर्ने लक्ष्य लिएका छाै । 

कतिको सफल हुन्छु जस्तो लाग्छ ?

अहिलेनै भन्न सकिने अवस्था छैन । सबै टिम उत्कृष्ट छन् । सबै लिग च्याम्पियन भएर आएका हुन् । अरु टिम निकै राम्रो छन् भन्ने सुनेको छु । तर खेल हेरेको छैन । विदेशी खेलाडी समेत राम्रा छन् भन्ने सुनेको छु ।

उनीहरुको अलि बढी लगानी हुन्छ । सोही स्तरको खेलाडी लिएर आएको हुन्छ । नत्र दक्षिण एसियामा सबै टिम उस्तै उस्तै हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन