• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालद्वारा आन्ध्र प्रदेश ९ रनले पराजित
खेलपाटी संवाददाता
बुधबार, चैत १३, २०७५ खेलपाटी संवाददाता
नेपालद्वारा आन्ध्र प्रदेश ९ रनले पराजित

काठमाडौं । भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ । मंगलबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीलाई ९ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको आन्ध्र प्रदेश ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय २ सय १२ रनमा समेटियो । आन्ध्र प्रदेशका लागि नितेश कुमारले ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै हर्षबरदानले ३६ रन जोड्दा दुर्गा कुमारले २५ रन जोडे । नेपालका लागि कुशल मल्ल, पवन सर्राफ र भिम सार्कीले समान २/२ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि कुशल मल्ल र राशिद खानले ८३ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो ।

यस्तै पवन सर्राफले ३२, कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले समान १८/१८ तथा रित गौतमले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोली भारतको आन्ध्र प्रदेश पुगेको हो । र, चार खेलको अभ्यास खेलमा नेपालले ३-१ ले जितेको छ ।

अप्रिल १० देखि २० सम्म आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

अभ्यास खेलको प्रदर्शन :

चार अभ्यास खेलमा नेपालका लागि ३ खेलाडीले सय रनको आँकडा पार गरेका छन् । सर्वाधिक रन कप्तान रोहित कुमार पौडेलले बनाएका छन् । ३ अभ्यास खेलमा २ अर्धशतकसहित कप्तान रोहितले सर्वाधिक १ सय ७४ बनाए ।

यस्तै कुशल मल्लले १०८ र पवन सर्राफले १०१ रन बनाउन सफल भए । बलिङतर्फ कमल सिंह ऐरी सफल रहे । उनले ३ खेलमा सर्वाधिक ८ विकेट हात पारेका छन् । यस्तै कुशल मल्लले र पवन सर्राफले समान ७/७ विकेट हात पार्न सफल रहे ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP