टाइम्स र जेभियर फाइनलमा
शुक्रबार, चैत ८, २०७५खेलपाटी संवाददाता
टाइम्स र जेभियर इन्टरनेसनल कलेज ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
टाइम्सले ज्ञान निकेतनलाई ५९–४२ ले पराजित गर्यो । टाइम्सका सुजन लिम्बूले ३० अंक जोडे । चौथो क्वाटरमा ५–१३ ले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा १७–१०, दोश्रोमा १५–१३ र तेश्रोमा २२–६ ले अगाडि रह्यो ।
जेभियरले आयोजक ह्वाइटहाउसलाई ५६–४० ले हरायो । जेभियरका सुनील थापाले २४ स्कोर गरे । चारै क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः १५–१०, १७–१२, ११–९ र १३–९ को प्रदर्शन गर्यो । फाइनल आइतबार हुनेछ ।








-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
