च्यारिटी गल्फको उपाधि हेमले जिते

काठमाडौँ ।च्यारिटी गल्फको उपाधि हेम तामाङले जितेका छन् । दुई प्रतिभाशाली खेलाडीलाई आर्थिक सहयोग जुटाउन भएको च्यारिटी गल्फमा ३७ अंकसहित हेम च्याम्पियन बनेका हुन् ।
महिलातर्फको उपाधि ३२ अंकसहित डा रिता थापाले जितिन् । जुनियरतर्फको उपाधि सद्भाव आचार्यले हात पारे । च्यारिटी खेलमा कुल ५१ खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल गल्फ संघले दुई प्रतिभाशाली गल्फर टंक बहादुर कार्की र शुक्र राईलाई आर्थिक सहयोग जुटाउन यो प्रतियोगिता गरेको हो । प्रतियोगिताबाट उठेको ५/५ लाख नगदटंक र शुक्रलाई प्रदान गरिएको छ ।
गास र बास जुटाउन संघर्ष गरिरहेका टंक र शुक्रको गल्फ प्रतिको मोह र लगावलाई कदर गर्दै थप हैसला प्रदान गर्न संघले यो प्रतियोगिता गरेको हो । घरेलु एमेच्योर गल्फमा अहिले यी दुई खेलाडीको दबदबा छ। टंक र शुक्रबाट १३ औ दक्षिण एसियाली खेलकुदबाट स्वर्णको अपेक्षा संघले राखेको छ।
फन्ड रेज गल्फमा सहभागी ५१ जना गल्फरले ५ हजार तिरी प्रतियोगिता खेलेका थिए । जसबाट २ लाख ५५ हजार संकलन भयो। त्यसबाहेक सहभागी गल्फर र प्रो गल्फरले १ लाख देखी ५ हजार सम्म सहयोगको घोषणा गरेपछि १० लाख रूपैया संकलन भएको थियो ।






-1761584666208.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


