आठौंका लागि लनटेनिसबाट ८ खेलाडी छनोट
मंगलबार, फागुन २१, २०७५खेलपाटी संवाददाता

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को लनटेनिस खेलाडी छनोट पूरा भएको छ ।
प्रदेश नम्बर ५ मा आयोजना हुने आठौंका लागि प्रदेश ३ बाट पुरुषमा ५ र महिलामा ३ खेलाडी छनोट भएका छन् ।
पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौंका शिवराम राना मगर, ललितपुरका निशान श्रेष्ठ, ललितपुरकै इभेक जोशी र मकवानपुरका कुमार जिसी छनोट भए ।
महिलामा ललितपुरकी प्रकृति श्रेष्ठ, ललितपुरकै रायना शाह र काठमाडौंकी अल्शा रेग्मी छानिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






