काठमाडौँ । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टोली पहिलो खेलमा पराजित भएको छ ।
एलएनआईपी रंगशालामा एन्फा यू–२१ मेघालयसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
नेपालको लागि रेजिन सुब्बा र प्रिजेन तामाङले गोल गरे ।
खेलमा सुरुवाती अग्रता मेघालयनले लिएको थियो । मेघालयका रोबर्ट खोङ्ग जोले खेलको १५ मिनेमा अग्रता दिलाएका थिए ।
नेपालका रेजिन सुब्बाले बराबरी गोल गरे । उनले राजिब लोप्चाङको पास सदुपयोग गर्दै खेलको ३८ मिनेटमा बराबरी गोल गरेका थिए ।
यसपछि मेघालयले लगातार दुई गोल गर्याे ।
मेघालयनकाे लागि ७६ मिनेटमा सिबोर र खेलको अतिरिक्त समयमा फिगोले गोल गरे । नेपालको लागि अतिरिक्त समयकाे अन्तिम समयका प्रिजेन तामाङले पेनाल्टीमा गोल गरे ।
दोस्रो खेलमा त्रिपुरासँग नेपालले भोली खेल्नेछ ।