काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन ब्याटलमा चार क्लब उत्रिने भएका छन्।
आइतबार सम्पन्न खेलमा मध्यपुर युथ क्लबले बाँसबारी क्लबलाई १–० र झापाले श्री टुसाल क्लबलाई २–० ले पराजित गरेका थिए। योसँगै मध्यपुरले आफूलाई एक खेलअगाबै रेलिगेसनबाट जोगाएको छ। मध्यपुरले १२ खेलबाट १५ अंक पुर्याएको छ।
योसँगै बाँसबारी क्लब, सरस्वती युथ क्लब र च्यासल युथ क्लब ‘बी’ डिभिजमै रहने निश्चित भएको छ। यी सबै क्लबको समान १५ अंक छ। यी क्लबले समान दुई खेल खेल्न बाँकी छ।
अब रेलिगेसनबाट जोगिन अन्नपूर्ण क्लब (आरसिटी), श्रीकुमारी, ब्रिगेट ब्वाइज र टुसाल प्रतिस्पर्धा गर्नेछन्। आरसिटीको १४, श्रीकुमारीको १३ र ब्रिगेट ब्वाइजको १२ अंक छ। अन्य क्लबले समान दुई खेल खेल्न बाँकी रहँदा टुसालले भने एक खेल मात्रै खेल्नेछ।
त्यसैले १२ खेलबाट ११ अंक जोडेको टुसाल रेलिगेसनमा पर्ने लगभग निश्चित नै छ। अब सरस्वतीले श्रीकुमारी, ब्रिगेट ब्वाइजले च्यासल र आरसिटीले वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।