मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित
बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता

पोखरा। मौसमका कारण छैटौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बुधबार तय भएका खेल प्रभावित भएका छन्।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार चार खेल हुने तय थियो। पहिलो खेल महिलातर्फ विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबबीच हुने तालिका थियो।
उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुने आयोजकले जनाएका थिए। त्यसपछि महिलातर्फ नै फाइनल पुगिसकेको न्यू डायमन्ड स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स भिड्ने तय थियो।
तर, वर्ष सुरु भएपछि यी चार टोलीलाई कोर्ट उतार्न समस्या भएको हो। तेस्रो खेल पुरुषतर्फ पुलिस र माल्दिभ्सबिच हुनेछ। त्यसपछि अन्तिम खेल एपीएफ र आर्मीबिच हुने तालिका छ। यद्यपि, मौसम सफा भए केही खेल हुने आयोजकले जनाएका छन्।






-1776931409919.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)



