थाइल्यान्ड क्विन्ससँग पुलिसको हार
आइतबार, ११ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगितामा थाइल्यान्ड क्विन्ससँग पराजित भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा थाइल्यान्ड क्विन्सले नेपाल पुलिस क्लबलाई ३–२ को सेट अन्तरले हराएको हो। जारी प्रतियोगिता पुलिसको यो पहिलो हार हो भने थाइल्यान्डको पहिलो जित हो।
पुलिसले पहिलो र दोस्रो सेटमा सशक्त प्रदर्शन गर्दै क्रमशः २५–२२ र २५–२० को जित निकाल्दै खेलमा अग्रता बनाएको थियो। तर, त्यसपछि थाइल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र निर्णायक पाँचौं सेट १६–१४ ले आफ्नो पक्षमा पार्दै खेल जित्न सफल भयो।






-1769320207478.jpeg&w=3840&q=75)







-1769305617960.webp&w=3840&q=75)